काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यो समझदारीसँगै बैंकका ग्राहकहरूले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले यस रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
यो सुविधाको उपभोग गर्न ग्राहकहरूले यो बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पासँगको यस सहकार्यले यस बैंकका ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।