काठमाडौं । नेपालको इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र स्पेनी चेम्बर अफ कमर्सबीच दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभ प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ ।
मंगलबार आईआरजीडीडीकी अध्यक्ष डा. शर्मिला पराजुली ढकाल र स्पेनी चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलाडा रियारा इ रेनेबीच द्विपक्षीय छलफल भएको हो । स्पेन र ओमानका लागि पूर्वराजदूत डा. ढकाल र रियारा इ रेनेले दुई देशको हितका लागि व्यापार प्रवर्द्धन, लगानी सहजीकरण, डिजिटल अर्थतन्त्र, पर्यटन र सांस्कृतिक कूटनीति, शिक्षा र सीप विकास, ज्ञान आदानप्रदान र थप विषयमा कुराकानी गरेका हुन् । सो अवसरमा डा. ढकाल र महानिर्देशक रियारा इ रेनेको साथै आईआरजीडीडीका कालीप्रसाद पोखरेल र विमल ढकालको पनि उपस्थिति रहेको थियो ।