काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा सन् २००९ देखि हुन्डाई गाडीहरूको बिक्रीवितरण गरिरहेको छ । हुन्डाई नेपालले सुरुवातमा एक विश्वासनीय आयातको रूपमा आफ्नो यात्रा आरम्भ गरेको थियो । तर अब यो घर–घरमा चिनिने नाम बनिसकेको छ ।
कम्पनीले विगतका वर्षहरूमा सेन्ट्रो, ग्रान्ड आई२० निओस, आई२०, औरा, भेन्यु, भेर्ना, क्रेटा, टक्सन, स्यान्टा फि र प्यालिसाइडजस्ता लोकप्रिय मोडेलहरू बजारमा ल्याएको थियो । यसका साथै आईक्यूएनआईक्यू५ इलेक्ट्रिक, कोना इलेक्ट्रिक र क्रेटा इलेक्ट्रिकजस्ता आधुनिक विद्युतीय सवारीसाधनहरू पनि कम्पनीले नेपालमा उपलब्ध गराएको छ । यिनीहरु भरपर्दोपन, इन्धन बचत र स्थायित्वका लागि परिचित छन् । ग्राहकलाई उच्च प्राथमिकता दिँदै, कम्पनीले आधुनिक र पूर्ण सुविधा सम्पन्न सोरूम, अत्याधुनिक सर्भिस सुविधा पनि सञ्चालनमा ल्याएको छ ।
ललितपुरस्थित नेपालको पहिलो हुन्डाई ट्रेनिङ एकेडेमीमा तालिमप्राप्त प्रमाणित प्राविधिकहरूको बलियो संयन्त्र सञ्चालनमा ल्याएको छ । यसले बिक्रीपश्चात् सेवालाई अझ सहज, भरपर्दो र दीर्घकालसम्म सन्तोषजनक बनाएको छ । २८ गते वैशाख २०८१ सालमा लक्ष्मी मोटर कर्पोरेसन, लक्ष्मी ग्रुपको सहायक कम्पनीले रामग्राम, परासीमा नेपालको पहिलो कार असेम्ब्ली प्लान्टको उद्घाटन गरी नेपालमा उत्पादन गरिएका हुन्डाई सवारीसाधनहरूको युगको सुरुवात गरेको थियो । यहाँ भेन्यू मोडेल उत्पादन सुरू भएको थियो । हाल क्रेटा मोडेलको उत्पादन पनि सुरू गरिएको कम्पनीले जनाएको छ । आगामी दिनमा थप मोडेलहरूको उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
यस उपलब्धिले नेपालका अटोमोटिभ उद्योगमा नयाँ युगको सुरुवात गर्दै, स्थानीय निर्माण र राष्ट्रिय गर्वको प्रवद्र्धन गरेको कम्पनीको नाई छ । यस सफलता र गतिबाट, हुन्डाईले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अभूतपूर्व ग्राहक प्रतिक्रिया पनि प्राप्त गरेको छ । यसले कम्पनीलाई नेपालका एक विश्वासनीय र सम्मानित ब्रान्डको रूपमा अझ मजबुत बनाएको जनाइएको छ । साथै, कम्पनीले जीवनलाई समृद्ध बनाउने र नेपालको अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पु¥याउने उत्कृष्ट मोबिलिटी समाधानहरू उपलब्ध गराउने लक्ष्यमा दृढ रहेको पनि जनाएको छ ।