काठमाडौँ । भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख प्रदान गरिने भएको छ ।
गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उक्त रकम प्रदान गरिने जानकारीका साथै च्याम्पियन ढाँटका प्रशिक्षकलाई दुई लाख प्रदान गरिने निर्णय भएको प्रधानमन्त्रीले बुधबार सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।
रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा पराजित गरेका हुन् ।