विराटनगर , विराटनगरस्थित बालसुधार गृहमा बुधबार दिउँसो बालक र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारका अनुसार झडपमा एकजना वरिष्ठ हवल्दार घाइते भएका छन्। थप घटना नहोस् भन्ने उद्देश्यले सुधार गृहमा थप प्रहरी परिचालन गरिएको छ। घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको थियो। अहिले सुधार गृहमा अवस्था सामान्य रहेको जानकारी दिइएको छ। यस सुधार गृहमा हाल २४९ जना बालकहरू छन्।