धनुषा, धनुषामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले मिथिला नगरपालिका–२ मा आपरेशन गर्दै दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पप्पु साह नाम गरेका पुरुष र एक महिला रहेका छन्। पक्राउ पर्ने क्रममा पप्पु साहको दाहिने खुट्टामा गोली लागेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ। प्रहरीको सो आपरेशनले धनुषा क्षेत्रमा लागुऔषध कारोबारमा नियन्त्रण कायम गर्न थप प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।