काठमाडौ । युनिलिभर नेपालले नेपाली टेलिभिजनमार्फत नै लाखौँ नेपाली फुटबलप्रेमीहरूलाई इङ्लिस प्रिमियर लिग (ईपीएल) हेर्न पाउने व्यवस्था मिलाउने भएको छ । युनिलिभरले नेपालमा ईपीएललाई प्रत्यक्ष प्रसारण गर्नका लागि ईपीएलसँग सम्झौता गरेको छ । यस सहकार्यको केन्द्रमा युनिलिभरको प्रमुख हेयर केयर ब्रान्ड क्लियर रहनेछ । फुटबल जगतका आइकन क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत क्लियरले विश्वव्यापीरूपमा आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको छ । ईपीएलसँगको यो साझेदारीमार्फत नेपाली दर्शकहरूले कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्महरूमार्फत प्रत्यक्ष खेल हेर्न सक्नेछन् ।
युनिलिभरले विश्वभर फुटबलसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ । यसको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहने छ, जसमा सन् २०२६ को फिफा वल्र्ड कप समेत समावेश छ ।