काठमाडौ । कुजु नेपाल प्रालिले उच्च प्रदर्शनयुक्त याडिया भेल्याक्समा विशेष सीमित स्टक अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत कम्पनीले याडिया भेल्याक्सको मूल्यमा भारी कटौती गरेको छ ।
कम्पनीका अनुसार दुई लाख ८५ हजार मूल्य रहेको यो स्कुटर अब दुई लाख ४५ हजार रुपैयाँमा पाइनेछ । कम्पनीले विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्री गरेको उत्सव मनाउन यो अफर ल्याएको हो । याडिया भेल्याक्समा ३२०० वाट मोटर र १७२एनएम टर्क रहेको छ । यसले ६२ किमि/घण्टाको उच्चतम गति हासिल गर्ने र एकपटकको चार्जमा एक सय किमिसम्मको दूरी तय गर्न सक्ने जनाइएको छ । यसको ३०एएच/७२ भी एलएफपी ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता र लामो जीवनचक्र प्रदान गर्ने कम्पनीको दाबी छ । साथै, यसमा सजिलो पार्किङ तथा ह्यान्डलिङका लागि रिभर्स मोड, लामो यात्रालाई सहज बनाउन क्रुज कन्ट्रोल र अतिरिक्त सुरक्षा प्रदान गर्ने फ्रन्ट/रियर डिस्क ब्रेक सिस्टमजस्ता विशेषताहरू छन् । साथै, यसमा एक सय ७० मिमी ग्राउन्ड क्लियरेन्स रहेको छ । याडियाले भेल्याक्समा ब्याट्री र मोटर दुवैका लागि तीन वर्ष वा ५० हजार किमि वारेन्टी प्रदान गर्ने गरेको छ ।