काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १३ करोड ८२ लाख ४४ हजार एक सय ४५ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड ६९ लाख ४७ हजार एक सय ३५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १० करोड ६२ लाख ८६ हजार दुई सय ९६ रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासमा पाँच अर्ब ५२ करोड ६० लाख सात हजार दुई सय तीन रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ९२ करोड एक लाख २७ हजार एक सय १७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८१ करोड ४२ लाख ६१ हजार आठ सय ६१ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले चार अर्ब ८२ करोड ४७ लाख ६७ हजार आठ सय ४२ रुपैयाँ निक्षेप संकलन गर ११ अर्ब १० करोड ७७ लाख ५५ हजार आठ सय ८५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६५ करोड ६२ लाख १३ हजार दुई सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।