काठमाडौँ । विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्राडा पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. भरत खत्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा सपथ लिएका हुन् ।