काठमाडौं । शेयर बजारमा झिनो अंकले सुधार देखिएको छ । अघिल्लो दिन १० दशमलव ५० अंंकले खुम्चिएको शेयर बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने दुई दशमलव ६२ अंकले उकालो लागेर २७ सय ८८ दशमलव ३६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने यसदिन शुन्य दशमलव ९३ अंकले ओरालो लागेर चार सय ७८ दशमलव ८२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ७६ हजार पाँच सय ४२ पटकको कारोबारमा एक करोड ९२ लाख ५८ हजार चार सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब ४६ करोड ४१ लाख ७७ हजार सात सय चार रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेका छ भने बाँकी उपसमुहहरुको सुचक खुम्चिएका छन् ।