काठमाडौं । रोटरी क्लब अफ काठमाडौं मिड–टाउनले एडुलिफ्टसँगको सहकार्यमा ‘क्यारियर कनेक्सन पार्टनर तथा लाभग्राही भेटघाट’ कार्यक्रम आयोजना गरेका छ ।
कार्यक्रममा कनेक्सन परियोजनाका कार्यान्वयन साझेदारहरू, परियोजना लाभग्राहीहरू, शिक्षा, निजी क्षेत्र तथा विकास क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा एडुलिफ्टका संस्थापक तेनजिन सोनामले क्यारियर कनेक्सन परियोजनाको अवधारणा प्रस्तुत गर्दै नेपालमा युवामाझ विद्यमान सीप अभावको समस्यालाई व्यावसायिक तालिम तथा रोजगारीको माध्यमबाट समाधान गर्ने परियोजनाको उद्देश्य रहेको बताए । कार्यक्रममा सजिलो सेवाले सञ्चालन गरेको प्रमाणपत्र कार्यक्रममार्फत इलेक्ट्रिकल तालिम पूरा गरेका स्नातकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।