काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले ललितपुर बखुन्डोलस्थित सारंग हेल्थ केयरसँग विशेष सम्झौता गरेको छ ।
यो सम्झौताअन्तर्गत एनआइएमबी डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरू र एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरको स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् । यो विशेष छुट लिनका लागि ग्राहकहरूले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले ल्याब सेवामा १० देखि १५ प्रतिशतसम्म छुट, कल्चर तथा विशिष्ट परीक्षणमा सात प्रतिशत छुट पाउनेछन् । त्यस्तै, ईसीजी, यूएसजी, ईको, एन्डोस्कोपी, कोलोनोस्कोपी र कोल्पोस्कोपी सेवामा पनि ७ प्रतिशत छुट पाउन सक्नेछन् । बैंकले ग्राहकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै आएको छ । यस किसिमका सहकार्यहरूले ग्राहकहरूलाई सहज र किफायती दरमा गुणस्तरीय स्वास्थ्य सेवा लिन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।