काठमाडौं । अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध १७८ रनको लक्ष्य पाएको छ।टस हारेर पहिला ब्याटिङ गरेको स्ट्राइकरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल बनायो। टिमका लागि ओपनर डार्सी सटले ५१ रनको अर्धशतकीय पारी खेले। टम एन्ड्रुसले ३२ रन तथा जार्डन सिल्कले १९ रन जोडे।
नेपालका बलर सन्दीप लामिछानले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। साहब आलमले २ विकेट तथा रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी र गुल्शन झाले एक–एक विकेट हात पारे।नेपालले पहिलो पटक यस प्रतियोगितामा सहभागिता जनाएको हो। ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप खेल्न लागेको यस सिरिजमा विभिन्न ११ टोली सहभागी छन्।