काठमाडौं ,टप एण्ड टी–२० सिरिजअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अष्ट्रेलियाको नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको छ।टस हारेर पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो। नेपाली टोलीका लागि कुशल मल्लले सर्वाधिक ३४ रन जोडे। कुशल भुर्तेल ८, आसिफ शेख ११, लोकेश बम ०, कप्तान रोहित पौडेल २३, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी १९ र सोमपाल कामी १ रनमा आउट भए। रुपेश सिंह ८ र सन्दीप लामिछाने २ रनमा अविजित रहे। बलिङतर्फ स्ट्राइकका म्याट हामोन्डले सर्वाधिक ३ विकेट लिए। स्ट्राइकले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो। स्ट्राइकका कप्तान डार्सी शर्टले सर्वाधिक ५१ रन जोडे। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए।