काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन् । अध्यागमन विभागका एक अधिकृतका अनुसार, केही दिनअघि अमेरिकाले उनलाई नेपाल पठाएको हो ।थापा गत फागुनमा अमेरिकामा पक्राउ परेका थिए । पक्राउपछिको प्रक्रियामार्फत उनलाई अमेरिका सरकारले नेपाल पठाएको विभाग स्रोतले जानकारी दियो । थापा पक्राउ परेपछि रास्वपाले उनलाई पार्टी जिम्मेवारीबाट हटाइसकेको थियो । पार्टीको आन्तरिक निर्णयअनुसार उनीसँग हाल कुनै संगठनात्मक भूमिका नरहेको स्पष्ट गरिएको छ ।