राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं सरुवा गरिएको छ।बुटवलस्थित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका थिए। उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले समेत अनुमति दिएको भए पनि गृह प्रशासनले सरुवामा ढिलाइ गरेको थियो। तर केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कारागार अनुगमन गर्ने क्रममा लामिछानेले भैरहवामा आफ्नो ज्यानमाथि असुरक्षा रहेको बताएपछि सरकार सरुवामा सहमत भएको हो। कारागार विभागका अनुसार आज दिउँसो ३:१० बजे बुद्ध एअरको उडानमार्फत उनलाई काठमाडौं लगिएको छ।