काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा उच्चरुपमा बढेको छ । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ४७ करोड ४० लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २० करोड पाँच लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३३ करोड १६ लाख नौं हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासमा छ अर्ब ४६ करोड ४७ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब २१ करोड ८६ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ६१ करोड ५५ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब २४ करोड ५१ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ५३ करोड ९३ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ११ करोड ७२ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।