काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहक र कर्मचारीले र इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँ दिल्लीमा (इन्द्रप्रस्थ मेडिकाल कर्पोरेसन लिमिटेड), हस्पिटलबाट लिने स्वस्थ्य सेवामा विशेष छुट पाउने भएका छन् । हस्पिटल र बैंकका बीचमा भएको सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा द्दग्राहकलाई सेवा–सुविधामा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट पाउने बैंकले जानकारी दिएको छ ।
विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता रहेको जनाएको छ । बैंकले देशभर रहेका तीन सय दुईवटा शाखा, तीन सय १८ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ एकाइमार्फत ग्राहकलाई सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ । बैंकले यसअघि ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै, बैंकद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिसकेको उल्लेख गरेको छ । जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको बैंकले बताएको छ ।
बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै, बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गरिने बैंकले जानकारी दिएको छ ।