काठमाडौं । करोडौँको चेक बाउन्स जोडिएको मुद्दामा राजु गोर्खाली भनिने राजेन्द्रबहादुर गोर्खाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई १० करोड रुपैयाँको चेक बाउन्स मुद्दामा पक्राउ गरेको हो ।
पक्राउ गरेर उनलाई भद्रकालीस्थित हिरासतमा राखिएको छ । हालसम्म १० करोड रुपैयाँको चेक बाउन्सको जाहेरी परेका कारण उनलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।
विसं २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा समेत परेका गोर्खालीले कुन प्रयोजनका लागि उक्त रकम लिए भन्ने बारेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।