काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७४ करोड तीन लाख ६३ हजार सात सय ५६ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २१ करोड ४९ हजार ५८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ५३ करोड ६१ लाख ७१ हजार पाँच सय ४६ रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासमा १२ अर्ब ३० करोड ५१ लाख चार हजार पाँच सय ६७ रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३१ करोड ३६ लाख ३६ हजार दुई सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ११ करोड ७८ लाख ८७ हजार एक सय ६८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले १० अर्ब ५३ करोड ३० लाख ४२ हजार पाँच सय १३ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ८७ करोड ४५ लाख ६७ हजार नौ सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ४९ करोड १४ लाख २९ हजार सात सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।