काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधिमा पाँच करोड ७९ लाख ४८ हजार छ सय ८२ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नोक्सानी दुई करोड ७९ लाख ३६ हजार पाँच सय तीन रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६२ करोड ८३ लाख ५७ हजार तीन सय ३७ रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासमा चार अर्ब २७ करोड ६० लाख ६७ हजार छ सय ५९ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८३ करोड २० लाख ८३ हजार आठ सय ४२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४० करोड आठ लाख २९ हजार एक सय २५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आ दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ९७ करोड २९ हजार नौं सय ७४ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ३७ करोड १५ लाख ३३ हजार छ सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड सात लाख ४० हजार सात सय १२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौं दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।