काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ वार्षिक उत्सवको अवसरमा स्वस्थ जीवनको लागि जीवन बीमाको महत्व भन्ने मूल सन्देशसहित काठमाडौंसहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरेकोे छ ।
जीवन बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीले देशका सातै प्रदेशमा रहेका शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थाहरूसँगको सहकार्यमा उक्त दिवसलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिको महत्वपूर्ण अवसरका रूपमा लिएको थियो । कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारहरूको सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुवै जीवनको आधार भएको बताए । ‘प्रभातफेरीमार्फत हामी नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्दै जीवन बीमाको आवश्यकता र फाइदा बुझाउन चाहन्छौँ’, उनले भने ।