काठमाडौं । पोखरामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को कास्की जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
तदर्थ, समितिको अध्यक्षमा रोशन कोइराला चयन भएका छन् । यस्तै, उपाध्यक्षमा विकल पौडेल, सचिवमा प्रतिभा केसी र कोषाध्यक्षमा कमल थापा रहेका छन् । सदस्यमा अर्जुन आचार्य, मार्कण्ड अधिकारी र जीवन गोर्खाली रहेका छन् । समिति गठन कार्यक्रम नेसनल प्याब्सनकी राष्ट्रिय अध्यक्ष गीता राणा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।
समितिका पदाधिकारीहरुलाई केन्द्रीय अध्यक्ष राणाले पदस्थापन गराउँदै सपथ ग्रहण गराई प्रमाणपत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष राणाले सरकारले ल्याएको पूर्ण छात्रवृत्तिमा संशोधन आवश्यक रहेको बताइन् । तदर्थ, समितिका अध्यक्ष कोइरालाले आफ्ना प्रतिबद्धता र आगामी योजनासँग सम्बन्धित मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारीले गरेका थिए ।