काठमाडौं । नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रालिले बजारमा अफलाइन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो सञ्चालनमा ल्याएको छ । सूर्य सिद्धान्तका आधारमा तयार पारिएको भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाइन फस्ट पात्रो आईओएस, एन्ड्रोइड र वेभको माध्यमबाट प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।
कम्पनीका सञ्चालक प्रकाश पौडेलका अनुसार यस भर्चुअल पात्रोमा प्रयोगकर्ताको सहजता र अन्य पात्रोहरुको तुलनामा एप साइज कम, सरल र प्रविधिमैत्री रहेको छ । साथै, एपले तिथिमिति, स्थानको आधारमा सूर्योदय–सूर्यास्त, चाडपर्व, बिदा, नेपाल संवत्, मुहूर्त, पञ्चाङ्ग, कर्मकाण्ड, मिति रुपान्तरण, विदेशी विनिमय दर, पात्रो विइगेट तथा पण्डित सेवा फिचर उपलब्ध गराएको छ ।
कम्पनीले प्रयोगकर्ताबाट प्राप्त सुझाव, प्रतिक्रिया र आवश्यकताका आधारमा भविष्यमा थप उपयोगी फिचरहरू समावेश गर्दै जाने जनाएको छ ।