काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक करोड ४१ लाख ९० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यो नाफा ५१ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई करोड २८ लाख ५० हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासमा ३३ करोड ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी ४७ करोड ८८ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा तीन करोड ३२ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ५४ लाख ७२ हजार रुपैयाँ रहेको छ भने भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७६ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा संस्थाले २४ करोड ६५ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी ४४ करोड २७ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड २५ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको थियो । उक्त अवधिमा संस्थामा चार दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।