काठमाडौं । एनआईसी एसिया बैंक ग्राहकहरूलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्यान्ड प्रालि र बैंकबीच सम्झौता भएको छ । यो सम्झौतासँगै बैंकका ग्राहकहरूले स्काइ ब्रोडब्यान्डको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा एक हजार पाँच सय रुपैयाँ छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकले स्काइ ब्रोडब्यान्डको १५०, २५० र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १५ सय रुपैयाँ छुट पाउन सक्नेछन् । यो सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । स्काइ ब्रोडब्यान्डसँगको यो सहकार्यले बैंकका ग्राहकहरूलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।