काठमाडौं । नाडा अटो सो २०२५ अटोप्रेमीहरूका लागि रोमाञ्चक हुने भएको छ । फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टिएम१ र सोकोन ईभी भ्यानहरूले नाडा अटो सोमा विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन् ।
यी फोटोन मोडेलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिससहित गाडी किन्ने प्रक्रियालाई पहिलेभन्दा अझै किफायती बनाउने जनाइएको छ । कम्पनीका चारै मोडेलहरूमा आकर्षक छुट दिइएको छ, यसमा केही विशेष मूल्यहरू भने केवल प्रदर्शनीमै सार्वजनिक हुनेछन् । नाडा अटो सो का लागि टिएम१ को मूल्य ३३ लाख ७४ हजार रुपैयाँबाट घटाएर २६ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै, माउन्टेन ईभी र सोकोन ईभी भ्यानले पनि विशेष छुट र अफर ल्याएका छन् । फोटोन टुनल्यान्ड पिकअपले चाहिँ बलियो छुटको घोषणा गर्न बाँकी छ ।
नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टीएम १ वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, एक वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टीका साथ प्राप्त हुनेछ । साथै, खरिद प्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ । यी संयुक्त अफरबाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन् । फोटोन टुनल्यान्ड पिकअप किन्नेलाई ट्राङक्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजार रुपैयाँको सपिंग कुपन, साथै तीन वर्षसम्म पाट्र्ससहितको प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा उपलब्ध हुनेछ ।
माउन्टेन ईभी भ्यानमा छुटसहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टीभी, पाट्र्ससहित पाँच पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेकसु उपलब्ध हुनेछ । सोकोन ईभी भ्यानले पनि हरेक खरिदमा आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टीभी प्रदान गर्नेछ । यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडीमात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई अझ सुखद् बनाउने जनाइएको छ ।