मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । प्रदेश अस्पताल जोमसोममा डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि भर्ना भएकी थिइन् । सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. समिक्षा कँडेलले जानकारी दिइन् । उनका अनुसार बिरामी महिला उपचारपछि घर फर्किएकी छिन् ।
डा. कँडेलले यहाँ आउने पर्यटकका माध्यमबाट डेङ्गु सङ्क्रमण देखिएको बताइन । साउनमा यहाँ डेङ्गु रोग सङ्क्रमण देखिएको यो पहिलो घटना भएको उनले जानकारी दिइन् । यसअघि मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा आव २०८०÷८१ मा चार जना तथा आव २०८१÷८२ मा १७ जनामा डेङ्गु सङ्क्रमण देखिएको मुस्ताङ अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।