काठमाडौं । शेयर बजारमा हरियाली देखिएको छ । अघिल्लो दिन नौं दशमलव १६ अंकले उकालो लागेको शेयर बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन छ दशमलव ५१ अंकले उकालो लागेर २७ सय ७६ दशमलव ९० बिन्दुृमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७३ अंकले उकालो लागेर चार सय ७७ दशमलव छ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ६१ हजार सात सय ८४ पटकको कारोबारमा एक करोड ३१ लाख २४ हजार तीन सय १० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो भएको छ ।