काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीप्रति आपत्ति जनाएका छन् ।कोइराला निकट एक सांसदका अनुसार उनले “अहिले यस्तो हतार किन ?” भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । तर उनले आफ्ना निकट सांसदहरुलाई भने हस्ताक्षर नगर्न भनेका छैनन् । “हामीलाई हस्ताक्षर नगर्नू भन्नुभएको छैन,” ती सांसदले भने, “तर अहिले उपसभामुख हटाउनु के हतारो हो भनेर उहाँले प्रश्न गर्नुभएको हो ।” कांग्रेस संसदीय दल स्रोतका अनुसार कोइराला स्वयं हस्ताक्षर गर्न सिंहदरबार पुगेका छैनन् ।