काठमाडौं । बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही भदौ ११ गतेबाट सर्वसाधारणको लागि सेयर बिक्रीको आह्वान गरेको हो ।
जारी पुँजी दुई अर्ब ८३ करोडको २० दशमलव ७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा छुट्याइएको छ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य भदौ १५ गतेसम्म कायम रहनेछ । लगानीकर्ताहरूले न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछ ।