काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकवर्गहरूका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नेछन् । हालको लागि गाडी कर्जाको ब्याजदर केबल छ दशमलव २९ प्रतिशत (२०८२ भाद्र महिनाको आधारदर पाँच दशमलव ७९ प्रतिशतमा शून्य दशमलव पाँच प्रतिशत थप गरी हुनआउने छ दशमलव २९ प्रतिशत) कायम गरिएको बैंकको भनाइ छ ।
आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यो योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकवर्गहरूलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ । सीमित समयका लागि मात्र लागू रहने यो विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभरका शाखाहरूबाट लिन सकिनेछ ।
बैंकले हाल दुई सय ७५ वटा शाखा कार्यालय, ६५ एक्सटेन्सन काउन्टर, दुई सय ६४ वटा एटीएम एवं ६० शाखारहित बैंकिङमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।