काठमाडौं । माछापुच्छ्रे बैंकले विद्यालयलाई झोला तथा डिस्पेन्सर वितरण गरेको छ । बैंकको पाल्पा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनता माध्यमिक विद्यालय ता.न.पा ३मा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई झोला र विद्यालयको लागि तातोचिसो पानी आउने वाटर डिस्पेन्सर वितरण गरेको हो ।
बैंकले विद्यार्थीहरूको आवश्यकताअनुरुप विपन्न वर्गका विद्यार्थीहरूलाई झोला तथा विद्यार्थीहरूलाई गर्मी तथा जाडो मौसममा तातो चिसो पानी पिउन मिल्ने डिस्पेन्सर सहयोग गरेको हो । सोमबार एक कार्यक्रमको आयोजना गरी सोही विद्यालयको अध्यक्ष भोजराज पोखरेल र प्र.अ हरि प्रसाद घिमिरेलाई बैंकका शाखा प्रबन्धक विक्रान्त राणाले हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा माछापुच्छ्रे बैंक पाल्पा शाखालाई विद्यालयको तर्फबाट अध्यक्ष पोखरेलले धन्यवाद दिए भने प्रअ हरिप्रसाद घिमिरेले बैंकहरूले पछिल्लो समयमा सामुदायिक विद्यालयहरूमा यस्ता कार्यक्रमले ठूलो टेवा पुगेको बताए । साथै, शाखा प्रबन्धक विक्रान्त राणाले माछापुच्छ्रे बैंकको प्रतिनिधित्व गरी सहयोग गर्न पाउदा खुसी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू तथा शिक्षकहरूको उपस्थिति थियो ।