काठमाडौं । नेपालको बजारमा टुनल्यान्ड जी७ को सफल लन्चपछि फोटोन टुनल्यान्ड यसपटक नाडा अटो सोमा आफ्ना उत्कृष्ट गाडीहरू प्रदर्शनीमा राखिरहेका छन् । यीमध्ये तीन प्रमुख मोडलहरू टुनल्यान्ड भी९, टुनल्यान्ड जी७ र भटुनल्यान्ड विशेष आकर्षण बन्नेछन् । यी सबै गाडीहरू उच्च पर्फर्मेन्स, दमदार एक्सटेरियर र भरपर्दो सुविधाका लागि परिचित छन् ।
हाइब्रिड पिकअप टुनल्यान्ड भी९ एक मजबुत र शक्तिशाली गाडी हो, जुन हरेक किसिमका सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त छ । यसको शक्तिशाली इन्जिन र आकर्षक डिजाइनले नाडा अटो सोमा सबैको ध्यान खिच्ने जनाइएको छ । टुनल्यान्ड जी७ नेपालमै ठूलो सफलता हासिल गरिसकेको एक स्टाइलिस पिकअप हो । सहज ड्राइभिङ मन पराउने चालकहरूको रोजाइमा पर्न सफल यो मोडलले आकर्षक लुक, आरामदायी इन्टेरियर र मजबुत ड्राइभिङ अनुभव दिन्छ । यस्तै, भटुनल्यान्ड इलेक्ट्रिक पिकअप हो । इन्धनरहित पिकअप ल्याएर टुनल्यान्डले वातावरणमैत्री विकल्प प्रदान गर्न लागेको जनाइएको छ ।