काठमाडौं । नामीले नाडा अटो सो २०२५ मा बहुप्रतीक्षित नामी भिगो औपचारिकरूपमा सार्वजनिक गरिएको छ । नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू, अत्याधुनिक प्रविधि र किफायती मूल्यमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नामीभिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ आधुनिक सहरी जीवनशैलीको लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । यो ई२ र ई२ प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ, जसमध्ये प्रत्येकलाई उत्कृष्ट भ्यालु प्रदान गर्नका लागि विशेषरूपमा तयार पारिएको छ । नामीभिगो सेग्मेन्ट फस्र्ट फिचरहरूका साथमा आउने कम्पनीको भनाइ छ । यसमा मौलिक ‘हेभन एन्ड अर्थ’ टेलगेटका साथै ग्राहकको प्राथमिकताअनुसार समायोजन हुने वेलकम र मेमोरीसिट समावेश छ । चार्जिङका लागि यसले ३सी फास्टचार्जिङ (१६७ डीसी) सपोर्ट गर्ने जनाइएको छ । यसले ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न जम्मा १८ मिनेट मात्र लगाउँछ ।
त्यस्तै, नामी०६ले प्रविधि र लक्जरीमा पनि उत्कृष्ट सेगमेन्ट फस्र्ट सुविधाहरू प्रस्तुत गरेको छ । यसमा लेभल २ एडीएएस, वायरलेस चार्जिङ, वाईफाई कनेक्टिभिटी र ड्राइभर साइडमा हिटेडर भेन्टिलेटेड सिट छ । यसमा इन्टेलिजेन्ट एसी प्रणाली पनि छ, जसमा एनअभी, रेस्ट, स्नोजस्ता मोडहरू र कार तथा मोबाइल सञ्चालनका लागि भ्वाइस कन्ट्रोल उपलब्ध छन् । अडाप्टी भक्रु जकन्ट्रोलर ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेसहरूसहित नामी भिगो स्मार्ट, सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न डिजाइन गरिएको हो ।
नामीभिगोको डिजाइन आकर्षक छ, जसमा ‘म्याजिकक्युब’ एक्सटेरियर, टी–आकारका एलईडी हेड लाइट, ट्राइएङ्गुलर पिक्सेलटेल लाइट र डुअल–टोन १८ इन्च रिम्स छन् । इन्टेरियर पनि उत्कृष्ट छ, जसमा मिनिमलिस्टर स्मार्ट केबिन, १२ दशमलव आठ इन्चको इन्फोटेनमेन्ट स्क्रिनर आठ दशमलव आठ इन्च डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, लाइ–फ्ल्याट सिटिङ, वायरलेस चार्जिङ, एउटा मुनरुफ र एउटा ३६० डिग्री क्यामरा समावेश छन् । नामीभिगो ई२ भेरियन्टको लन्च मूल्य ३८ लाख ९९ हजार रुपैयाँ र ई२ प्लसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नाडा अटो सोका लागि विशेष अफरमा नामीले विशेष लन्च मूल्य प्रदान गरिरहेको जनाएको छ । सोको अवधिमा, नामी भिगो ई२ ३७ लाख ९९ हजार रुपैयाँमा र ई२ प्लस ४० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।