चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित लागू औषध ट्रामाडोल बिक्री गर्ने गिरोहका ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर–९, धौलागिरी थकाली भान्सा घर एण्ड लजबाट मंगलबार उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, उनीहरूको साथबाट १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल ५० बरामद गरिएको छ, जसलाई १,७४० पत्तामा १० क्याप्सुलको दरले प्याक गरिएको थियो।
पक्राउ पर्नेहरूमा:
अनिष श्रेष्ठ (२४), माडी नगरपालिका–१
शान्ति गुरुङ, कालिका नगरपालिका–५
विनायक तामाङ (२१), ठोरी गाउँपालिका–२
सुर्य लामा (२५)
प्रदिप लामा (१८)
प्रदिप न्यौपाने (२४)
आर्यन कुमार (२४), भारतीय नागरिक, चम्पारण आरएस मछली हट्टा रोड–७
पक्राउ परेकामाथि लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।