काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर उनको स्वास्थ्य अवस्था कमजोर देखिएको बताएका छन्।बुधबार नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ, यहाँ आएपछि सुधार हुँदैछ तर उहाँ दुब्लाउनुभएको छ, अनुहारमै देखिन्छ, कमजोर भएको ।” प्रचण्डका अनुसार, लामिछानेले भैरहवा कारागारको तुलनामा नख्खु कारागारमा अवस्था धेरै राम्रो रहेको बताएका छन्। उनले नख्खु कारागार प्रशासनको व्यवस्थाप्रति पनि प्रशंसा व्यक्त गरेको प्रचण्डले जानकारी दिए।