चितवन । जिल्ला प्रहरी कार्यालयले भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट बिहीबार बिहान १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।

एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । भारतको विहार राज्यको पश्चिम चम्पारणमा पनि एक युवक पक्राउ परेका छन् ।