काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि शेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन नौं दशमलव ७० अंकले खुम्चिएको शेयर बजार आज पुन नौं दशमलव २२ अंकले ओरालो लागेर २७ सय ५७ दशमलव ९७ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६९ अंकले ओरालो लागेर चार सय ७४ दशमलव २६ बिनदुमा खुम्चिएको छ । आज तीन सय १९ वटा कम्पनीहरुको ५६ हजार आठ सय २४ पटकको कारोबारमा एक करोड ६८ लाख ५५ हजार नौं सय छ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब दुई करोड एक लाख चार हजार आठ सय १६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा निर्जीवन बीमा उपसमुहको सुचक उकालो लागेको छ । यि बाहेक बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, लघुवित्त, जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।