काठमाडौं । नेपाल बैंक लिमिटेड र मोरङ जिल्ला विराटनगर वडा नं. १० स्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताबमोजिम नेपाल बैंकका कर्मचारीहरू र ग्राहकवर्गलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरूको बिल रकममा पाँचदेखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।
उक्त सम्झौताको पत्रमा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट र न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिको तर्फबाट अस्पतालका निर्देशक राजेश भट्टराइले हस्ताक्षर गरेका थिए ।