काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूमाझ रूइम्पावरिङ लिडरसिप इन बागमती: अ सेमिनार फर पर्फरमेन्स एन्ड एक्सिालेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उपप्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको छ ।
सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालू आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ । हालै मधेश प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरतास्वरूप बागमती प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको छ र अरु प्रदेशहरूमा पनि यसैगरी क्रमशः आयोजना गरिनेछ । बागमती केन्द्रित भएको यो कार्यक्रमजस्तै अन्य प्रदेशमा पनि गरिने योजना बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।
समीक्षा अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११ दशमलव १५ प्रतिशत वृद्धि बढ्दै एक खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०/८१को असार मसान्तमा यो रकम एक खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११ दशमलव ६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल दुई खर्ब १४ अर्ब आठ करोड रुपैयाँको निक्षेप संकलन पु¥याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद ब्याज आम्दानीमा ११ दशमलव २० प्रतिशतको वृद्धि हुँदै यो रकम छ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर शून्य दशमलव ५५ प्रतिशत र पुँजी प्रतिफल दर पाँच दशमलव ८१ प्रतिशत कायम भएको छ ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोन–पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।
बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६९ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख २९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।