काठमाडौं । नेपाल एसबिआई बैंकले रामदा एनकोरसहितका चारवटा संस्थासँग सम्झौता गरेको छ । बैंक र रामदा एनकोर काठमाडौंबीच बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्ताहरूलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरूमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ यसैगरी नेपाल एसबिआई बैंक र होलिडे इन रिसोर्ट काठमाडौंबीच पनि बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाना तथा पेयपदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
साथै, बैंकले हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्ससँग समेत दन्त उपचार सेवामा बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाइ २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेकोे छ ।
उक्त सम्झौतापत्रहरू बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख सञ्चालन अधिकृत विकास आनन्द तथा रामदा इनकोर काठमाडौंकी निर्देशक, (बिक्री) श्री सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडौंका निर्देशक, (बिक्री) श्री बिख्यात बिक्रम राणा र हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्सका प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्टका बीच आदानप्रदान भएको थियो । उक्त कार्यक्रमहरूमा बैंकका प्रमुख वित्तीय अधिकृत, श्रराजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रविन मुनि बज्राचार्य र होटल तथा हस्पिटलका अन्य वरिष्ठ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका एक सय एकवटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, सातवटै प्रादेशिक कार्यालय, एक सय २५ वटा एटीएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा रहेको छ ।