काठमाडौं । लक्ष्मी ग्रुपले बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी लक्सपेरियन्स २०२५ आयोजना गर्ने भएको छ । कम्पनीले शनिबार र आइतबार काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा उक्त प्रदर्शनी आयोजना गर्ने भएको हो ।
यस प्रदर्शनीलाई हुन्डाई, बीएमडब्लू, काइयी/फोर्थिङ कैयीजस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउने जनाइएको छ । नेपालकै अटो इभेन्टमा पहिलोपटक बीएमडब्लूको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्ने आयोजकको दाबी छ । आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ ।
प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ । कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन् ।