काठमाडौं । डेल्टा अटोकर्प प्रालिले भेस्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ सर्भिस सेन्टर बौद्धको पिपलबोटमा सञ्चालनमा ल्याएको हो ।
भेस्पा अप्रिलियाको सबै स्कुटरहरूका लागि पूर्ण–सुविधासम्पन्न सेवा प्रदान गर्न तयार रहेको जनाइएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौँ । यो नयाँ सर्भिस सेन्टरले भेस्पा अप्रिलियाका ग्राहकहरुलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।’
नयाँ सेन्टरमा अत्याधुनिक उपकरण र अनुभवी प्राविधिकहरू उपलब्ध छन् । यसले स्कुटरको मर्मत र सेवालाई प्रभावकारी बनाउने कम्पनीको दाबी छ । ग्राहकहरुले अब स्पेयर पाट्र्स, सर्भिस र मर्मतका लागि एउटै छानामुनि सुविधा पाउनेछन् ।
कम्पनीका निर्देशक एवम् सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकहरुलाई बिक्रीपछिको सेवाको दायरा फराकिलो बनाउनेछ । भेष्पा अप्रिलियाका ग्राहकहरुले अब आफ्नो स्कुटरको मर्मतका लागि सहजै सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन् ।