चन्द्रपुर (रौतहट) । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा शनिबार राति सुटकेसभित्र डोरीले बाँधिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।
उक्त शव माधवनारायण नगरपालिका–२ माधोपुर माइत भएकी रुविकुमारी साहको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीले जानकारी दिएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अन्दाजी ३० वर्षीया ती महिलाको घर भारतको मुजफ्पुरमा रहेको र हाल माइत माधोपुरमा आमासँगै बस्दै आएको खुलेको छ । प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।