काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र किड्स क्लिनिकबीच सम्झौता भएका छ । बैंकका ग्राहक, सेयरधनी र कर्मचारीले छुट बैंक र क्लिनिकबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब)को शुल्क तथा औषधिको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा ग्राहक (डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा लिएका) ले १० प्रतिशत छुट पाउने छन् । सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, बालुवाटार शाखाका प्रबन्धक मनोहर महोत्रा र किड्स क्लिनिकका निर्देशक डा. पुष्पराज अवस्थीले हस्ताक्षर गरेका छन् ।
बैंकले हाल मुलुकभर एक सय नौवटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । यस्तै किड्स क्लिनिक वाल स्वास्थ्यसम्बन्धी विधागत विशेषज्ञ डाक्टरहरूले सञ्चालन गरेको क्लिनिक भएको र यसले उपत्यकामा बाल स्वास्थसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको छ ।