काठमाडौं । चिनियाँ ईभी नामी नेपाल नेपाल प्रवेश गरेको एक वर्ष पूरा भएको छ । कम्पनीले १ वर्षअघि पहिलो मोडेल नामी ०१ सार्वजनिक गरेको थियो ।
नेपालमै पहिलोपटक सन् २०२४ अगस्ट २२ मा नामीले नेपालमा डेब्यु गरेको थियो । केबल १२ महिनामै नामीले नेपालभर आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकहरूले उत्साहपूर्ण सहभागिता जनाएका हुन् । छोटो समयमै नेपालको सबैभन्दा सफल ईभीमध्ये एक बनेको कम्पनीको दाबी छ । यसले नामीलाई इलेक्ट्रिक ह्याचब्याक सेग्मेन्टको अग्रणीको रूपमा स्थापित गरेको छ ।
कम्पनीका अनुसार सार्वजनिक हुँदै गर्दा नामी ०१ बजारलाई चुनौती दिने उद्देश्यले आएको र अहिले वचन पूरा गरेको छ । यस सेग्मेन्टमै पहिलोपटक फ्रेमलेस डुअर, फ्लस डोर ह्यान्डल, वेलकमिङ र मेमोरी सिट, अटो पार्किङ सुविधा र टेबलटपसहितको ड्रयरजस्ता विशेषताहरू ल्याएर नामी ०१ ले आइडियल ह्याचब्याकको परिभाषा नै नयाँ बनाएको थियो । साथै, १२ दशमलव आठ इन्चको उन्नत इन्फोटेन्मेन्ट प्रणाली र अत्याधुनिक ड्राइभर असिस्टेन्स फिचरसहित यसले आफ्नो प्राइस रेन्जमा उत्कृष्ट स्टाइल, प्रविधि र प्रदर्शन पेश गरेको थियो । योसँगै नामीले छिटो बजार विस्तार गर्दै नेपालको बहुसंख्यक जनतालाई इलेक्ट्रिक मोबिलिटी सुलभ बनाएको छ ।
‘नामी ०१ को सफलता केवल अंकमा सीमित छैन, यसले उपयुक्त मूल्यसँग संयोजन गर्दा ग्राहकहरूले नवीनता र गुणस्तरलाई कदर गर्छन् भन्ने समेत देखाएको छ । एक वर्ष बितिसक्दा पनि यसको मूल्य कम्पेटिटिभ छ । किनकि आजको बजारमा थोरै मात्र ईभीहरूले यति किफायती मूल्यमा यति धेरै प्रिमियम सुविधाहरू प्रदान गर्न सक्छन्’, कम्पनीले भनेको छ । नामी ०१ को सफलता उत्सव मनाएसँगै ब्रान्डले आफ्नो आगामी रोमाञ्चक योजनाको झलक पनि दिएको छ, यसमा अर्को ठूलो कदमको रूपमा ‘नामी भिगो’को घोषणा गरिएको छ । यो नयाँ मोडलले नामी ०१ को सफलतालाई निरन्तरता दिँदै कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ सीमा पार गर्ने तयारी गरेको छ ।