काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले भी–सिरिजअन्तर्गत नयाँ फ्ल्यागसिप भिभो भी६० नेपालमा ल्याउने तयारी गरेको छ । यस मोडेललाई जाइससँगको सहकार्यमा विकसित गरेको हो ।
यस सहकार्यमार्फत भिभो भी६० ले अझ अभिव्यक्तिपूर्ण क्यामेरा अनुभव दिनेछ । जसले पोट्र्रेट फोटोग्राफीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ । नयाँ जाइस प्रविधियुक्त टेलिफोटो पोट्र्रेट फिचरसहित भी६० ले विभिन्न फोकल लेन्थमार्फत प्रयोगकर्ताको भावनालाई अझ सटिक र कलात्मक ढंगले फ्रेम गर्ने सुविधा दिनेछ ।
साथै, अत्याधुनिक एआई क्षमताले अनावश्यक वस्तु हटाउने, पृष्ठभूमि बदल्ने वा गुणस्तरलाई छिट्टै परिष्कृत गर्नेछ । डिजाइनका हिसाबले भिभो भी६० मा मिनिमलिस्टिक क्यामेरा मोड्युल प्रयोग हुनेछ, जसले पछाडिको भागमा करिब नौ प्रतिशतभन्दा कम क्षेत्रफल ओगट्ने छ । यो स्मार्टफोन मिस्ट–ग्रे र बेरी पर्पल गरी दुई आकर्षक रंगमा उपलब्ध हुने जनाइएको छ ।
भिभो भी६० मा आई पी ६८/६९ रेटिङ रहने छ, जसले यसलाई धुलो र पानी प्रतिरोधी बनाउँछ । दैनिक प्रयोगमा खस्ने वा ठोक्किने सम्भावनालाई न्यून पार्ने गरी डिस्प्ले अझ मजबुत हुने विश्वास गरिएको छ । शक्तिको हिसाबले पनि भी६०मा भी सिरिजकै सबैभन्दा ठूलो ब्याट्री प्रयोग हुनेछ । जसले लामो समयसम्म निर्वाध अनुभव दिनेछ । यससँगै फ्ल्यास चार्ज प्रविधिले छोटो समयमा चार्ज गर्ने सुविधा दिने र नयाँ जेनेरेसनको क्वालकम स्न्यापड्रैगन७ जेन ४ प्रोसेसरले स्मुद गेमप्ले, स्मार्ट एफिसियन्सी र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने अपेक्षा
गरिएको छ ।
अत्याधुनिक पोट्र्रेट इमेजिङ, सुन्दर डिजाइन, दीर्घकालीन प्रविधि र उच्च प्रदर्शनसहित, भी६० ले प्रयोगकर्तालाई नयाँस्तरको स्मार्टफोन अनुभव दिने अपेक्षा गरिएको छ ।