काठमाडौं । बुंगल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) बिक्रीको आह्वान गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीका क्रममा रहेको नेपाली नागरिकहरूको लागि साधारण सेयरको बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणको लागि सेयर बिक्रीको आह्वान गरेको हो । सोअनुसार कम्पनीले यही भदौ १६ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १७ करोड एक लाख ५० हजार रुपैयाँबराबरको १७ लाख एक हजार पाँच सय कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयर बिक्री कार्य छिटोमा यही भदौ १९ गते र ढिलोमा यही भदौ ३० गते बन्द हुनेछ ।